Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सामुदायिक लघुवित्तको साधारण सभा फागुन ६ गते , शेयर संरचना परिवर्तन गर्ने

सामुदायिक लघुवित्तको साधारण सभा फागुन ६ गते , शेयर संरचना परिवर्तन गर्ने

  • काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ६ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।

    images

    माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापकबाट चार जना र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।

    कम्पनीले शेयर संरचना परिवर्तन गर्न लागेको छ । हाल कम्पनीमा संस्थापकतर्फ ६९ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ३५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij