Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

राजस्व चुहावट नियन्त्रण गर्न समन्वय र सहकार्यमा जोड

राजस्व चुहावट नियन्त्रण गर्न समन्वय र सहकार्यमा जोड

  • काठमाडौँ ।राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि स्थानीयतहसम्म समन्वय र सहकार्य गर्न जोड दिइएको छ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले आयोजना गरेको बैठकमा  राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म  समन्वय एवम् सहकार्य गर्नुपर्नेमा आवश्यकता औँल्याएको हो ।

    बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी–पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनु पर्ने र सबै निकाय जिम्मेवारपूर्ण ढङ्गबाट सक्रिय  भएर लाग्दा अवैध कारोबारको नियन्त्रणमा देखिने उपलब्धी हासिल हुने बताए । 

    यस्तै अर्थसचिव डा. रामप्रसाद घिमिरेले आयात–निर्यात हुने वस्तुको अवस्था, वर्गीकरण र प्रयोग लगायतका विषयमा विभिन्न निकायहरूबीचको बुझाइमा एकरुपता हुन जरुरी रहेको बताए । साथै उनले तथ्यपरक सूचनाका आधारमा काम गर्नुपर्नेमा जोड दिए ।सोही गरी राजस्व सचिव दिनेशकुमार घिमिरेले वस्तु उत्पादन र आयातको स्रोतमै नियमन गर्न सक्दा अवैध कारोबारलाई नियन्त्रण गर्न सहज हुने बताए । साथै उनले  समितिको बैठकमा सम्बद्ध अधिकारीबाट गरिएको प्रतिवद्धता कार्यान्वयनको तहमा समेत प्रतिबिम्वित हुने विश्वास व्यक्त गरेका थिए।

    बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने । उनीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई बढाउनु पर्ने र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij