Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

लक्ष्मी सनराइज  बैंकको अगुवाईमा बैंक तथा वितीय संस्थाहरु र रेमिट हाइड्रो लिबीच  ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

लक्ष्मी सनराइज  बैंकको अगुवाईमा बैंक तथा वितीय संस्थाहरु र रेमिट हाइड्रो लिबीच  ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

  • काठमाडौँ । लक्ष्मी सनराइज  बैंक लिको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लिबीच  सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेवा क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । 

    घुन्सा खोला जलविद्युत आयोजनाले श्रावण ०८, २०७९ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै बैशाख २१, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत उत्पादन कम्पनी लि को संयुतm लगानी ५१ प्रतिशत हुनेछ । 

    सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरु बाट लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्ये  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छे« बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ । 

    सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।  २०८० साल आषाढ २९ गतेबाट लक्ष्मी बैंक (स्था. इ.स. २००२) र सनराइज बैंक (स्था. इ.स. २००७) एकआपसमा मर्ज भई लक्ष्मी सनराइज बैंक लिको नामबाट “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भई आफ्ना ग्राहकहरुलाई गुणस्तरीय तथा भरपर्दो सेवा सुविधा प्रदान गर्दै आई रहेको छ । 

    आजको दिन सम्म लक्ष्मी सनराइज बैंकको २५४ वटा शाखा कार्यालय, ३२७ वटा ए.टी.एम मेशिन, २७ वटा विस्तारित काउन्टर, १२८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५००० विप्रेषण एजेन्ट लगायत सूचना प्रविधिको क्षेत्रमा समर्पित भई आफ्ना ग्राहकवर्गलाई विस्तृत तथा निरन्तर रुपमा सेवा सुविधा प्रदान गरिरहेको छ । बैंकको गत आर्थिक बर्ष २०८०÷८१ मा कुल वासलात ३९५ अर्व रहेकोमा रु.३३३ अर्व निक्षेप तथा रु.२५८ अर्व कर्जा लगानी रहनुकासाथै बैंकको सम्पूर्ण वित्तीय सूचकहरु सकारात्मक रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij