Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

मार्चको पहिलो साता हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतलाई निम्तो

मार्चको पहिलो साता हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतलाई निम्तो

  • काठमाडौँ । मार्चको पहिलो साता हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतबाट उच्च तहका पदाधिकारीको सहभागिताका लागि  निम्तो गरिएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारत सरकार, विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीचको भेटमा नेपालको तर्फबाट उक्त शिखर सम्मेलनमा भाग लिन निम्तो दिइएको मन्त्रालयले जानकारी सार्वजनिक गरेको छ ।नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा २–३ मार्चमा यो शिखर  सम्मेलन आयोजना हुने छ ।

    मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र व्यापारको आकार समेत बढेको उल्लेख गर्दै अपेक्षित निर्यात भने बढ्न नसकेको सोमबार भएको उक्त भेटमा जानकारी गराएका थिए ।यसलाई नीतिगत रूपमै सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि विद्यमान व्यापार सन्धि संशोधन गर्न दुवै देशका सहसचिव स्तरमा रहेको प्राविधिक समिति बैठक बसेर टुंगोमा पु¥याउनुपर्नेमा मन्त्री भण्डारीले भेटमा जोड दिएका थिए ।

    उक्त अवसरमा हालै वाणिज्य सचिवस्तरको अन्तरसरकारी समिति (आईजीसी) बैठकमा बीआईएस प्रमाणपत्र जारी तथा नवीकरणमा नेपाली वस्तुका लागि प्राथमिकताका आधारमा शीघ्रता दिने प्रतिबद्धताअनुसार काम नभएको गुनासो मन्त्री भण्डारीले भारतीय पक्षलाई जानकारी गराएका थिए ।

    भेटमा पारवहन सन्धिमा समसामयिक परिमार्जन गर्न भारत सरकारको सहमतिका लागि पठाइएका ‘लेटर अफ एक्सचेन्ज’ चाँडो टुंग्याउने, भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सहमति भएका दोधारा–चाँदनी आईसीपी, पेट्रोलियम पाइपलाइन निर्माण, बैतडी झुलाघाट र डडेलधुरा सिर्समा मोटरेबल पुनर्निर्माणलाई तीव्रता दिनेबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

    भेटमा अतिरिक्त सचिव महावरले भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपाललाई भारतले उच्च प्राथमिकता राखेको बताए । उनले भेटमा उठेका विषय सम्बोधन गर्न आफ्ना तर्फबाट सम्बद्ध निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका मन्त्रालय स्रोतले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij