Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

नेपालमा सवा ७० लाख बढी करदाता

नेपालमा सवा ७० लाख बढी करदाता

  • काठमाडौँ । नेपालमा करदाता  सवा ७० लाख बढी रहेका छन् ।   आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनासम्म ७० लाख ३६ हजार ६ सय ८३ जना करदाता दर्ता भएका छन् ।यसमा सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या छ । पारिश्रमिक भुक्तानी सहितका कारोबारमा प्यान अनिवार्य गरिएसँगै दर्ता हुने क्रम समेत बढ्दै गएको  छ ।गत कात्तिकदेखि पुससम्मको तीन महिना अवधिमै प्यान नम्बर लिनेको संख्या १ लाख ४२ हजार ६ सय २ रहेको विभागले जनाएको छ ।

    पुस मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ९३ हजार ७ सय २४ छ । पछिल्लो तीन महिनामा २८ हजार ८६ जनाले प्यान नम्बर लिएका छन् । यसैगरी  मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता संख्या ३ लाख ३८ हजार ३ सय १६ पुगेको छ ।

    पछिल्लो तीन महिनामा भ्याटमा ५ हजार ४ सय ४५ करदाता दर्ता भएको तथ्यांक छ । अन्तःशुल्क इजाजततर्फ १ लाख २१ हजार ६ सय ८२ करदाता दर्ता भएको विभागले जनाएको छ । पछिल्लो तीन महिनामा १ हजार ८ सय ७१ करदाता थपिएको विभागको तथ्यांक छ ।
    विथहोल्डर स्थायी लेखा नम्बर लिने करदाता भने ३४ हजार ६ सय ३८ पुगेको छ । पछिल्लो तीन महिनामा ५ सय ७३ नयाँ करदाता थपिएको विभागको तथ्यांकमा  छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij