Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

भ्रमणमा रहेका भारतीय अतिरिक्त सचिव महावरले भेटे परराष्ट्रमन्त्री राणा

भ्रमणमा रहेका भारतीय अतिरिक्त सचिव महावरले भेटे परराष्ट्रमन्त्री राणा

  • काठमाडौँ । नेपालको भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बुधबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जानकारी सार्वजनिक गरेको हो ।महावरले मंगलबार गृहमन्त्री रमेश लेखक र उद्योग वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरेका थिए ।

    गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुव्र्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।मन्त्री भण्डारीले दुई देशबीचका व्यापार वाणिज्यसम्बन्धी विषयका नेपाल तर्फको चासो बारे जानकारी गराएका थिए । साथै नेपालमा मार्चमा हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतको सहभागगिताका लागि भण्डारीले निम्तो गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij