Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

राजस्व अनुसन्धान कार्यालय बुटवलको पहिलो ६ महिनाको यस्तो छ प्रगति , ६ महिनामै ८ करोड ५१ लाख बढी धरौटी जम्मा

राजस्व अनुसन्धान कार्यालय बुटवलको पहिलो ६ महिनाको यस्तो छ प्रगति , ६ महिनामै ८ करोड ५१ लाख बढी धरौटी जम्मा

  • काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले उल्लेख्य प्रगति गरेको छ । कार्यालयले चालु  आर्थिक  २०८१÷८२ को पहिलो ६ महिनामा ८ करोड ५१ लख ६२ हजार ५ सय ८९ रुपैयाँ  धरौटी जम्मा गराइ गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य प्रगति गरेको हो ।

    गत आवको पहिलो ६ महिनामा धरौटी रकम रु.२ करोड २२लाख ८० हजार १ सय ३३ रहेकोमा यस आवको ६ महिनामा उल्लेखनीय  वृद्धि गरी  ८ करोड ५१ लाख ६२ हजार ५ सय ८९ रुपैया  धरौटी जम्मा गराउन सफल भएको छ ।सोही अवधिमा गत आवमा २३ वटा विस्तृत अनुसन्धान सम्पन्न गरेकोमा चालु आवमा ३८ वटा विस्तृत अनुसन्धान सम्पन्न भएको  राजस्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख विवेक घिमिरे जनाएका छन् ।

    राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार गत आवमा दफा १३क(२) बमोजिम आन्तरिक राजस्व कार्यालय र भन्सारमा लेखी पठाउने रकम ७० लाख ६ हजार २ रहेकोमा यस आवको सोही अवधिमा  वृद्धि भई रकम १ करोड ५३ लाख १८ लाख ९७ रहेको छ ।
    यसैगरी  गत आवको पौष मसान्त सम्ममा विदेशी विनिमय अपचलनतर्फ धरौटी संकलन रकम ७२ लाख १३ हजार ३ सय ६८ रहेकोमा यस आवको सोही अवधिमा  वृद्धि भई  रकम .१ करोड ६ लाख २८हजार ३सय६० पुगेको छ । 

    विदेशी विनिमय अपचलनतर्फ जिल्ला अदालतमा दायर गरिएको मुद्दासंख्यामा ५० % ले वृद्धि भएको जनाइएको छ ।गत आवको पौष मसान्त सम्ममा २ वटा मुद्दा दायर गरिएको थियो । विदेशी विनिमय अपचलनतर्फ यो आवको सोही अवधिमा अदालतमा ३ वटा मुद्दा दायर गरिएको छ ।गस्ती परिचालनतर्फ गत आवको पौष मसान्त सम्ममा द्रुतगस्ती ७ पटक भएकोमा चालु आवमा वृद्धि भई ११ पटक द्रुतगस्ती भएको जनाइएको छ ।

    यस अवधिमा १३५० बोरा तस्करीको चिनी पक्रिएको छ भने करिव ८० लाख धरौटी तिराइएको छ। पाँच चोटी तस्करीको कपडा पक्रेर कपडा तस्करीमा संलग्न व्यक्तिहरु थुनामा राखी करिव १ करोड राजस्व जम्मा गराइएको छ। २६०० अवैध भेप (विद्युतीय चुरोट ) चीनबाट अवैध रुपमा ल्याइ भारत पठाउन लाग्दा पक्रिएको छ भने करिव १ करोड २० लाख बिगो/राजस्व तिराउने गरी मुद्दा दर्ताको तयारी गरिएको जनाइएको छ ।

    भन्सारबाट पास भइ आएको विशेष आर्थिक क्षेत्र भैरहवाको  ब्रिलियन्ट लाइटिङ प्रालिको गाडी चेकजाँचबाट १ करोड १५ लाख धरौटी राखेको छ। छिट्टै मुद्दा दर्ता गरिने तयारी गरिएको जनाइएको छ ।टोयटाको आधिकारिक बिक्रेता शुभ लक्ष्मी अटो लिंकमा छापा हानेर १ करोड ९ लाख मागदाबी सहित मुद्दामा जादै गरेको अवस्था छ।  उक्त अनुसन्धान प्रतिवेदन विभागमा  पेश भइ सकेको अवस्था रहेको जनाइएको छ । 

    अवैध ह्विस्कीको बिर्को लगायत नक्कली मदिरा उत्पादन गर्ने सामान पक्रेर १ करोड २० लाख जतिको मुद्दा दर्ता गरिने तयारीमा रहेको छ । यससम्बन्धमा मान्छे थुनामै रहेको बुटवल कार्यालयले जनाएको छ ।अलिम इन्टरप्राइजेजमा छापा हानी उक्त इन्टरप्राइजेजको स्टक वुक, माल सामान तथा खरिद बिक्री खाता भिडान गर्दा प्रोपराइटर अलिम मियाँको हकमा ३,४३,३९,४३३ विगो कायम भइ त्यसको शतप्रतिशत जरिवाना र हदैसम्मको कैदको मागदावी सहित अभियोगपत्र उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा माघ १५ गते दर्ता गरिएको छ ।

    करिव डेढ दर्जन ट्रान्सपोर्टको  गाडी चेकजाँच गरेर १ करोड ५० लाख भन्दा बढी राजस्व जम्मा गरिएको जनाइएको छ ।भीसीटीएस चेकजाँच गरेर अपचलनमा जरिवाना तिराएको पैसा ५० लाख कटेको छ। विदेशी विनिमय भारु २३,७५,००० पक्रेर करिव १ करोड ४० लाखको बिगो तिराइएको अवस्था छ। मुद्दा दायरको अन्तिम तयारी भइरहेको छ ।३१ तोला अवैध सुन कपिलवस्तुबाट काठमाडौ जाँदै गरेको पक्रेर ५० लाखको सुन जफत  गरि ७५ लाख जरिवाना तिराइएको छ। बाँकी अनुसन्धान जारी छ, मुद्दा दर्ताको तयारी हुँदै गरेको जनाइएको छ। 

    तस्करी नियन्त्रणको लागि रुपन्देहीको सीमा नाकामा रातभर १२ देखि ६ बजे सम्म हरेक दिन १ महिना देखि नियमित जिल्ला प्रशासन, प्रहरीसहितको संयुक्त गस्ती परिचालन गरिएको छ । ३ महिनादेखि हरेक दिन नियमित र आकस्मिक गस्ती परिचालन भैरहेको छ ।सबै फाइलहरुको शाखागत जिम्मेवारी तोकेर पन्जिका बनाएर हालसम्मकै अभिलेख व्यवस्थित बनाइएको छ। विगत करिव तीन ३ वर्ष देखि टुङ्गिएको मुद्दाको सदर स्याहा भएर राजस्व जम्मा भएको रहेछ । कम्तीमा राज्यको खातामा ५ करोड हासम्म टुङ्गिएको मुद्दाको सदर स्याहा गरि जम्मा गरिएको छ। 

    हालसम्मका सबै मुल्तबी( पेन्डिङ )विदेशी विनिमयका मुद्दाहरूको  अनुसन्धान टुङ्ग्याएर अदालतमा मुद्दा दायर गरि सकिएको छ। 
    अन्य नियमित कामहरु सुचारु रुपले भइरहेका छन भने सचेतना जगाउन सरोकारवालाहरुसँग निरन्तर अन्तरक्रिया तथा छलफल र प्रचार प्रसार गरिएकोबारे राजस्व अनुसन्धान कार्यालय बुटवलले जारी गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij