Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

सार्वजनिक ऋण व्यवस्थापनले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने

सार्वजनिक ऋण व्यवस्थापनले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने

  • काठमाडौं ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नविकरण गर्न लागेको ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८२ माघ २० गते परिपक्व हुनेछ ।

    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।१८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल खरिदका लागि ९ अर्ब ७५ करोड बरारबको बोल परेका थियो, जसको औसत डिस्काउन्ट रेट २.९० प्रतिशत कायम भएको थियो ।

    त्यस्तै, ३६४ दिन अवधिको ११ अर्बको ट्रेजरी बिल खरिदको लागि २० अर्ब ८० करोड बराबरको बोल परेको थियो, जसको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij