Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रोकिएको सञ्चालक निर्वाचन प्रक्रिया खुला, बोलाइयो फागुन २५ गते साधारण सभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रोकिएको सञ्चालक निर्वाचन प्रक्रिया खुला, बोलाइयो फागुन २५ गते साधारण सभा

  • काठमाडौँ । सर्वाेच्च अदालतले रिट खारेज गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) मा सञ्चालक निर्वाचन प्रक्रिया खुला भएको छ ।बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वाेच्चमा परेको रिट खारेज भएपछि नयाँ सञ्चालकहरूका लागि निर्वाचन प्रक्रिया खुला भएको हो ।

    images
    images

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले ३८औँ वार्षिक साधारण सभा फागुन २५ गते बिहान १० बजे राष्ट्रिय सभा गृह काठमाडौंमा  बस्ने गरी बोलाएको छ । सभाले संस्थापक शेयरधनीहरूबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

    सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धी उक्त प्रस्ताव २०८० साल चैत २० गते सम्पन्न ३७औँ वार्षिक साधारण सभामा समेत गरिएको थियो । सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचनको कार्य स्थगित भएको थियो ।  तर, सर्वोच्च अदालतले गत कात्तिक १४ गते साविकको अन्तरिम आदेश र रिट निवेदन समेत खारेज हुने गरी फैसला गरेपछि बैंकको सञ्चालकहरूको निर्वाचन गर्न बाटो खुलेको हो ।

    सभाले आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको वित्तीय विवरण स्वीकृत गर्नेछ ।आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण गर्न वर्तमान लेखापरीक्षक जिपी राजवाहक एण्ड कम्पनीका तर्फबाट अशेष राजवाहकलाई निय्क्त गर्ने साधारण सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij