काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासिकमा खुद नाफा बढेको छ । कम्पनीले ३.३७ प्रतिशत वृद्धि गरी १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १९.८३ प्रतिशत बढेर ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १५ करोढ ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।गत वर्षको पहिलो ६ महिनामा कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यो वर्षको पहिलो ६ महिनामा कम्पनीको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ भएको छ ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १९.३५ प्रतिशत बढेर ७ अर्ब ६७ हजार रुपैयाँ र कुल खर्च १९.७८ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कुल आम्दानी ५ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ गरेको थियो भने कुल खर्च ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ गरेको थियो ।समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोष ३८ करोड ६९ लाख रुपैयाँ, सञ्चित नाफा ३२ करोड ८२ लाख रुपैयाँ, अन्य इक्विटी ४५ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोष ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ ।कम्पनीको प्रतिशेयर आम्दानी ७० पैसा घटेर ७.८३ रुपैयाँमा झरेको छ कम्पनीको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij