काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घलेम्दी हाइड्रोपावरले ३९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ४ करोड ९९ लाख रुपैयाँ नोक्सानमा थियो । यसको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।
१ वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३५.८५ प्रतिशतले बढेर ६ करोड ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष विद्युत् बिक्रीबाट यस कम्पनीले ४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो ।
गत वर्ष ५ करोड ६१ लाख रुपैयाँ रहेको वित्तीय खर्च यो वर्ष ४ करोड २ लाख रुपैयाँमा सीमित भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij