Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

बीमा व्यवसाय सहकार्य सम्बन्धी  नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच द्विपक्षीय सम्झौता

बीमा व्यवसाय सहकार्य सम्बन्धी  नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच द्विपक्षीय सम्झौता

  • काठमाडौँ । बीमा व्यवसाय सहकार्य सम्बन्धी  नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच द्विपक्षीय सम्झौता भएको छ ।सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन्।

    images

    हस्ताक्षर कार्यक्रममा रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने बताए । साथै उनले व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताउँदै  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सीमान्तकृतलगायतका समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको जनाए ।

    सोही क्रममा बज्राचार्यले यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि भएको बताएका थिए। उनले अब मिलेर कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने र त्यसले दिगो विकासलाई टेवा पु¥याउने बताए।यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवर्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको जनाइएको छ। यसले लघु बीमा सम्बन्धी वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने पनि बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij