काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij