Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

सांसदहरूद्वारा भन्सार एजेण्ट नियुक्तिबाट हुने प्रतिफलको खोजी

सांसदहरूद्वारा भन्सार एजेण्ट नियुक्तिबाट हुने प्रतिफलको खोजी

  • काठमाडौँ । सांसदहरुले  भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अर्थ समितिको बैठकमा बुधबार सांसदहरुले  भन्सार एजेण्टको नियुक्तबारे यस्तो बताएका हुन् । सांसदहरूले  परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको भएपनि त्यसको प्रतिफल बारे सरकार स्पष्ट नरहेको बताए ।

    भन्सार एजेण्टबाट नेपालको राजस्वमा के फाइदा हुन्छ भन्ने सांसदहरूले  प्रश्न उठाए  । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा समितिका सांसदहरूले प्रश्न उठाए ।  बैठकमा  नेकपा एमाले सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने प्रावधान रहेको भए पनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गरिन्।

    लाइसेन्स प्राप्त भन्सार एजेन्टहरूलाई काम कारबाहीमा परेका अप्ठ्याराहरूलाई पनि विधेयकले समेट्नुपर्ने बताउँदै उनले  भौगोलिक कारणले नेपालकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा विदेशी मुलुक हुँदै जानुपर्ने अवस्था रहेको बताइन् । यस्तोमा नेपालबाट नेपालकै लागि लगिएको वस्तुमा महशुल लिइने छैन भनेर विधेयकमा लेख्नुपर्ने उनको भनाइ छ ।

    समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सारहरू प्रविधिसँग भन्सारका कर्मचारीहरू अपडेट भइरहनुपर्ने बताउँदै पाँच वर्षमा सोच्ने कुरा गरेर भन्सार अघि बढ्न नसक्ने दाबी गरे।  भन्सारका प्रविधिबारे हरेक वर्ष रिभ्यु गर्नुपर्ने र कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउँदै सांसद झाले भने, ‘‘भन्सारहरू प्रविधिसँग अपडेट भइरहनुपर्छ । हरेक महिना अपडेट भइरहेको छ । अनि हामी पाँच वर्षमा सोचौँला यसलाई भनेर काम गर्नु हुँदैन । त्यसलाई हरेक वर्ष नै रिभ्यु गर्नुपर्छ । ’’

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सिंहदरवारमा बसेर सोचेको भन्दा भन्सारमा पुगेर हेर्दा विषयवस्तुहरू फरक हुने गरेको बताउँदै समिति कानुन बनाउन सबैभन्दा अधिकार सम्पन्न ठाउँ भएकाले सोहीअनुसारको समस्या समाधान हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिए। भन्सारमा भएका बेथितिका कुराहरू अन्त्य गर्न विधेयक ल्याउनुपर्ने बताए ।

    उनका अनुसार भन्सारको विषय हामीले यहाँ बसेर हेर्ने र नाकामा हुने भन्सारका विषय वस्तु फरक हुँदा रहेछन् । त्यसको सत्यतथ्य हुनुपर्छ । समिति कानुन बनाउन सबैभन्दा अधिकार सम्पन्न विषय नै हो । भन्सारमा भएका बेथितिका कुराहरू अन्त्य गर्न हामीले विधेयक ल्याउनुपर्छ । एउटा बेथिति छ, अर्को उद्यमीहरूलाई उद्योगीहरूलाई दुःख पनि भइरहेको छ ।’

    बैठकमा एमाले सांसद जुलिकुमारी महतोले भन्सारको व्यवस्थापन, भन्सारमा हुने चुहावट रोक्ने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिइन् । विधेयक बनाउँदा सबै समेटिने गरी बनाउनुपर्ने बताइन् ।उनका अनुसार ‘भन्सारको व्यवस्थापन, भन्सारमा हुने चुहावट, त्यहाँका दृश्यहरू हेर्दा अब यो विधेयक बनाउँदा सबै समेटिने गरी गर्नुपर्छ । भन्सार एजेण्टको कुरा गरी नसक्नु छ । नाम मात्रै होइन, कति हो कति । नयाँ भन्दो रहेछ, पुरानो भन्दो रहेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij