
काठमाडौं । सेयर बजार सुस्त देखिएको छ । बिहीबार नेप्से सूचक ७.२६ विन्दुले घटेर २६७८.४७ अंकमा आएर अडिएको छ । ७ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ३ वटा समूहका सूचक सकारात्मक बनेका छन् । समग्रमा नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।
बजार २६ सयको लेबलमा रहेको र २७ सयतिर जान नसकेपछि थप गिरावट देखिएको हो । सर्वसाधारण लगानीकर्ताले भने कम्पनीका मुख्य वित्तीय सूचकहरु अध्ययन गरी लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमै लगानी गर्दा लाभ लिन सक्ने सम्भावना बढी रहन्छ ।
यस दिन ३०२ कम्पनीको १ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १४ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र राधि विद्युत कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij