
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १ः१ को अनुपातमा जारी गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हाल कायम सेयरधनीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटी र नेपाल एसबीआई मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij