Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

यस वर्ष  सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

यस वर्ष  सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

  • काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

    फागुन ११ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले हालसम्म कुनै पनि लाभांश वितरण नगरेको अवस्था छ ।

    हाल कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij