
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरुलाई सिंहदबारभित्रै हिरासतमा लिइएको छ । राप्रपा ले सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन गरेका हुन् ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका हुन् । सो पम्प्लेट प्रहरीले खोसेको छ । राप्रपाका नेताहरु सिंहदरबारबाट प्रदर्शन गर्दै बाहिरिएका थिए । त्यसलगत्तै राप्रपाका नेताहरु पक्राउ परेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij