Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

सिप्रदीले नेपाली बजारमा ल्यायो टाटाको एसयूभी कर्भ ईभी

सिप्रदीले नेपाली बजारमा ल्यायो टाटाको एसयूभी कर्भ ईभी

  • काठमाडौँ । नेपालमा टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको एसयूभी कर्भ ईभी सार्वजनिक गरेको हो  ।

    tata spiradi.jpg

    सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठल  आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको टाटा कर्भ ईभी नेपाली अटो बजारमा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार नेपाली बजारमा टाटा कर्भ ईभी गाडीहरू आकर्षक सेतो र खैरो रङमा रहेका छन् । सुरक्षाका हिसाबले पनि कर्भ ईभी बलियो वाहन भएको उनको दाबी छ । उक्त ईभीमा स्वतः ब्रेक लाग्ने प्रणाली समेत जडान गरिएको छ । जसकारण पैदलयात्री, साइकल चालक लगायतसँग दुर्घटना हुनबाट जागिनेछ ।

    tata.jpg

    सीईओ श्रेष्ठले ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री रहेका छन् । ब्याट्रीमा पानी तथा धुलो नपस्ने गरी प्याकिङ गरिएको छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिनेछ भने ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेछ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ भने सिट क्षमता ५ जनाको रहेको छ ।

    tatae.jpg

    ५ स्टार सेफ्टी रेटिङ पाएको कर्भको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सीईओ श्रेष्ठका अनुसार पछिल्लो ४ वर्षमा टाटाका ६ हजार भन्दा बढी कार नेपाली बजारमा बिक्री भइसकेका छन् भने ४५ जिल्लामा चार्जिङ स्टेशनको पहुँच रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij