Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

नेप्सेको प्रमुख कार्यकारी नियुक्त गर्न दरखास्त आह्वान

नेप्सेको प्रमुख कार्यकारी नियुक्त गर्न दरखास्त आह्वान

  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ ।सिफारिस समितिले सीईओको नियुक्ति खुला प्रस्तस्पर्धाबाट गर्न सोमबार दरखास्त आह्वान गरेको हो ।
    योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिन भित्र अर्थात फागुन १८ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्ने जनाइएको छ। आवेदनसँगै व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने सम्भावित उम्मेदवारको योग्यतामा  अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर, चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव आवश्यक भनी उल्लेख गरिएको छ ।

    आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ तोकिएको छ। नेप्सेको सीईओ नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलले आइतबार तीन सदस्यीय समिति गठन गरेका थिए। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सहसचिव अमृत लम्साल र डा.खोमराज खरेल सदस्य रहने गरी सिफारिस समिति गठन गरिएको छ।

    समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सीईओ नियुक्त गर्नेछ। नेप्सेमा सीईओको पद करिब तीन सातादेखि खाली छ। यसअघिका सीईओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij