
काठमाडौँ । आज नेप्से परिसूचकमा ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा आएको छ । आज ११ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक सकारात्मक बनेका छन् । अन्य समूहमा सबैभन्दा बढी तेजी आएको छ । समग्रमा सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ ।
यस दिन ३ सय १० कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८९ करोड ३५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij