
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । बिमा प्रधिकरण अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा ३ नाम सिफारिस गरेको हो । तीन जनामा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस भएको हो ।
सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको अध्यक्ष पदमा आवेदन दिएकामध्ये ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । ‘सर्टलिस्ट’ मा परेकाबाट उक्त ३ जनाको नाम सिफारिस भएको हो ।‘सर्टलिस्ट’ मा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij