Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

वनस्पति , पशुजन्य तथा तत्सम्बन्धित वस्तुहरूको आयातका लागि अग्रिम अनुमति आवश्यक हुन प्रावधान लागु

वनस्पति , पशुजन्य तथा तत्सम्बन्धित वस्तुहरूको आयातका लागि अग्रिम अनुमति आवश्यक हुन प्रावधान लागु

  • काठमाडौँ । उद्योगी व्यवसायीहरूलाई  वनस्पति, पशुजन्य तथा तीसँग सम्बन्धित वस्तुहरूको आयात गर्न अग्रिम लिनुपर्ने व्यवस्था गरिएको छ ।सरकारले यस्ता २ हजारभन्दा बढी वस्तुको आयात गर्दा अग्रिम अनुमति लिनुपर्ने एक सूची तयार गरी उक्त व्यवस्था गरेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अग्रिम अनुमति लिनुपर्ने भन्दै २ हजारभन्दा बढी वस्तुको सूची जारी गरेको हो।

    यो सूची कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाउँदै खाद्यवस्तु आयात गर्दा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट अनुमति लिनुपर्ने जनाइएको छ।यसैगरी  बिरुवा र बिरुवाजन्य सामग्रीका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको अनुमति चाहिने छ भने जीवित पशु र पशुजन्य मासु एवम् अन्य वस्तु आयात गर्दा पशु सेवा विभागको अनुमति चाहिने छ ।

    कृषि तथा पशुपन्छी मन्त्रालयका अधिकारीहरूका अनुसार  मन्त्रालयले सूचीलाई अन्तिम रूप दिइसकेको र यसलाई अर्थमन्त्रालयमा पठाउने तयारी भइरहेको  छ ।अग्रिम अनुमति बिनाका वस्तुहरू भन्सार कार्यालयले जाँचपास गर्न नमिल्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij