Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

गाडी किन्न सबै ऋण बैंकले दिन नपाउने उपभोक्ताले सबै ऋण लिन नपाउने राष्ट्र बैंकको नयाँ प्रावधान

गाडी किन्न सबै ऋण बैंकले दिन नपाउने उपभोक्ताले सबै ऋण लिन नपाउने राष्ट्र बैंकको नयाँ प्रावधान

  • काठमाडौँ । उपभोक्ताले बैंकलाई विश्वास दिलाएर शतप्रतिशत ऋणमा गाडी किन्न नपाउने भएका छन् । बैंकले पनि शतप्रतिशत गाडी ऋण दिन नपाउने अवस्था सिर्जना भएको छ ।बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो अर्धवार्षिक समीक्षाबाट यस्तो प्रावधान थपि दिएको छ ।सवारीसाधनको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो)मा सीमा तोकिदिएपििछ यस्तो स्थिति उत्पन्न भएको छ । 

    मौद्रिक नीतिको समीक्षामा भनिए अनुसार व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ । यो व्यवस्था भनेको बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारीको मूल्यमा ६० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउनेछन् । यसअघि ८० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको थियो । विद्युतीय सवारी खरिद गर्नेले यसअघि २० प्रतिशत सुरुमा नगद भुक्तानी गरेर खरिद गर्न पाइरहेकोमा अब खरिदकर्ताले सुरुमा  ४० प्रतिशत तिर्नुपर्ने भएको छ । साथै सबै प्रकारका पेट्रोलियम पदार्थबाट चल्ने (आईसी इन्जिन) सवारीसाधनमा यसअघि बैंकहरूले ५० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था रहेकोमा अब ६० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने भएका छन् ।

    आईसी इन्जिन र विद्युतीय सवारीसाधन खरिद गर्दा वित्तीय संस्थाले कुल मूल्यको ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र ४० प्रतिशत रकम खरिदकर्ताले पहिले नै भुक्तानी गर्नुपर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट प्रावधान तय गरिएको हो । सम्बद्ध क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।विशेषगरी विद्युतीय सवारी साधानको व्यवसाय गर्ने रहेको हितमा यो समस्या बढी रहेको सम्बद्ध व्यापारीहरूको भनाइ छ ।सरकारले विद्युत खपत बढाउने र सोहीअनुसार भन्सार छुट दिएर विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिइरहेको बेला  राष्ट्र बैंकले ल्याएको यो नीति सरकारी नीतिको प्रतिकूल रहेको छ ।

    उनका अनुसार पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीसाधनको माग उच्च छ । सोहीअनुसार आयात पनि हुँदै आएको छ । कुल बजारमध्ये करिब ७० प्रतिशत विद्युतीय र बाँकी आईसी इन्जिनयुक्त सवारीसाधन माग रहेको व्यापारीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij