Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा तय भएको एनआरएनए महाधिवेशन कार्यलाई थप तीव्रता दिने उच्चस्तरीय समितिको निर्णय,सदस्यता दर्ता गर्न आह्वान

आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा तय भएको एनआरएनए महाधिवेशन कार्यलाई थप तीव्रता दिने उच्चस्तरीय समितिको निर्णय,सदस्यता दर्ता गर्न आह्वान

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को उच्चस्तरीय समितिले एकता महाधिवेशन कार्यलाई तिव्रता दिएको छ । आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा तय भएको महाधिवेशनका लागि आवश्यक कार्यलाई तिव्रता दिइएको संयोजक शेष घलेले जानकारी दिए । 
    उनले त्यसका लागि सदस्यता दर्ता आह्वान भइसकेको, एनसीसीको निर्वाचन मिति तय भइसकेको र आवश्यक पूर्वतयारी पनि सुरु भइसकेको भन्दै निर्धारित मितिमा निर्वाचन भइछाड्ने बताए । उनले आफूले सबैलाई मिलाएर लैजान चाहेको भन्दै आफूहरुले अदालतबाटै म्यान्डेट पाएकाले अब एकताको महाधिवेशनबाहेकको गतिविधि हुननसक्ने स्पष्ट पारे । 
    बिहीबार आयोजित समिति र एनसीसीका साथै विश्वभरका एनआरएनए अभियन्ताबीचको छलफल कार्यक्रममा घलेले आफू छिट्टै एनसीसी रहेका देशहरुमको भ्रमणको तयारीमा रहेको पनि बताए । सो क्रममा कैयन् अभियन्ताहरुले घलेलाई निमन्त्रणा समेत दिएका थिए । घलेका अनुसार मध्यपूर्वका साथसाथै युरोप र मुख्यमुख्य देशहरुमा पुगेर एनआरएनए एकता महाधिवेशनको माहोललाई थप गति दिने बताए । 
    बैठकमा अभियन्ताहरुले सबैलाई मिलाएर जान घलेलाई सुझाव दिएका थिए । यस्तै विभिन्न उपसमितिहरु बनेकाले सो उपसमितिलाई कामलाई चुस्त बनाउन पनि सुझाव दिएका थिए । घलेले सबैको प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । 
    घलेका अनुसार अहिले सदस्यता दर्ताको प्रक्रिया धमाधम भइरहेको छ।  कैयन अभियन्ताहरुले सदस्यता दर्ता समेत गराइसकेका छन् । 
    उच्चस्तरीय समितिको वेबसाइटमा गएर सदस्यता दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । एनआरएन ऐन अन्तर्गत योग्य व्यक्तिहरूले सदस्यता दर्ता सक्छन्। यद्यपि २  वर्ष भन्दा कम समय विदेशमा बिताएका विद्यार्थी र व्यक्तिहरू, भिसा स्थिति अर्को श्रेणीमा परिवर्तन भएका विद्यार्थीहरू ९जस्तै अस्थायी बसोबास० ले आवेदन दिन पाउँदैनन् ।  आफ्नो विद्यार्थी भिसाको म्याद सकिएको कम्तिमा दुई  वर्ष बसोबास गरेपछि भने सदस्यताको लागि योग्य हुने व्यवस्था गरिएको छ । 
    सदस्यता दर्ताका लागि वेबसाइटमा गइसकेपनि प्रमाणीकरणको लागि आवश्यक कागजातहरू पेश गर्नुपर्ने छ । सदस्य भएको निश्चित गर्न ५ दिन पर्खिनुपर्नेछ । समितिले अनुमोदित भएपछि आधिकारिका दिइने जनाइएको छ । 
    समितिका सदस्य विनोद कुँवरका अनुसार सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्ने उनको भनाइ छ ।
    एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० ले तोकेको दरअनुसार निर्धारण गरिने कुँवरको भनाइ छ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३–५ मे, २०२५ मा काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन्। 

    महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ। इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्ने जनाइएको छ।कुँवरले नेपालमा प्रत्यक्ष मतदानमा आधारित महाधिवेशनको लागि प्रतिनिधि रजिस्ट्रेसन गरि बढी भन्दा बढी एनआरएनए अभियन्ताहरूको सहभागिता गराउन लागिएको बताए । 
    उसो त घले नेृतत्वको समिति अहिले एनआरएनएको सचिवालयबाटै काम गर्ने योजनामा छ । सोहीअनुसार सर्वोच्चको फैसला निर्देशनालयले पत्र पठाइसकेको छ भने सोही पत्र समितिले समेत सचिवालयलाई दिइसकेको छ । सचिवालय जिम्मा नदिएमा थप कानुनी प्रक्रियामा जाने घलेको तयारी छ । 

     एनआरएनएकै बद्री केसी समूहले घलेले गराउन लागेको एकता महाधिवेशनमा अवरोधको प्रयास गरिरहेको छ ।  
    बिहीबारको बैठकमा समितिका सदस्यहरुका साथै विश्वभरका अभियन्ताहरु आरके शर्मा, बुद्धि सुवेदी, महेश श्रेस्ठ, गङ्गाधर गौतम्गौतम्,राजकुमार त्रीपाठिलगाएत प्रभावशाली अभियन्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij