Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

सुरक्षित कारोबार र विद्युतीय व्यापार विधेयक  प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाँदै

सुरक्षित कारोबार र विद्युतीय व्यापार विधेयक  प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाँदै

  • काठमाडौँ । सुरक्षित कारोबार पहिलो संशोधन र विद्युतीय व्यापार विधेयक प्रमाणीकरण गर्ने बाटो खुलेको छ। प्रतिनिधि सभाले गरेको संशोधनमा राष्ट्रिय सभाले आइतबार सहमति जनाएको हो । राष्ट्रिय सभाले सहमति जनाएसँगै दुवै विधेयक कानुन बन्ने बाटो खुलेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गरिएपछि दुवै विधेयकलाई  कानुनी हैसियत प्राप्त  हुने छ ।सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० फागुन ४ गते संसद्मा दर्ता भएकामा राष्ट्रिय सभाबाट गत जेठ २९ र प्रतिनिधि सभाबाट माघ २८ गते पारित भएको थियो।

    यस्तै, विद्युतीय व्यापार विधेयक २०८० असार १२ गते दर्ता भएकामा राष्ट्रिय सभाबाट त्यही वर्षको कात्तिक १६ र प्रतिनिधि सभाबाट यही फागुन ६ गते पारित भएको थियो।  राष्ट्रिय सभाले विधायनसम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन पनि स्वीकार गरेको छ।

    राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक पारित गरेको छ भने बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

    बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि अब राष्ट्रिय सभाको विषयगत समितिले दफावार छलफल गर्नेछ। विधेयकमाथि संशोधन दर्ताका लागि सांसदहरुलाई ७२ घण्टाको समय दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij