
काठमाडौं । नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। आइतबार बानेश्वरमा प्रदर्शन गर्न पुगेका स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समिति र प्रहरीबीच झडप भएको हो।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको छ।
उनको बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ र चोट लागेको भागमा पाँच टाँका लगाइएको छ।
प्रहरीले झडपको क्रममा १२ जनालाई नियन्त्रणमा लिएको छ। सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका थिए।
यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए। सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij