Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

मनकामना दर्शन गरेर फर्कँदै गरेको भ्यान दुर्घटना , एक जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्कँदै गरेको भ्यान दुर्घटना , एक जनाको मृत्यु

  • काठमाडौँ । मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११स्३० बजे दुर्घटना भएको हो।


    दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो।  


    दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। 


    ‘घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिसक्यो,’ उनले भने, ‘उनीहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij