Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

काठमाडौँमा  उच्चस्तरीय दुध प्रशोधन केन्द्र स्थापना गर्न जापानी राजदूतलाई आग्रह

काठमाडौँमा  उच्चस्तरीय दुध प्रशोधन केन्द्र स्थापना गर्न जापानी राजदूतलाई आग्रह

  • काठमाडौँ । काठमाडौँमा उच्चस्तरीय आधुनिक प्रविधियुक्त दुध प्रशोधन केन्द्र स्थापना गर्न आग्रह गरिएको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेका हुन्।

    मन्त्री अधिकारीले सोमबार नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग मन्त्रालयमा भएको भेटवार्तामा काठमाडौँ उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र आवश्यक देखिएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे । 

    अधिकारीले राजदूतसामु दूध उत्पादनमा नेपालले धेरै प्रगति गरेको तर उच्चस्तरको प्रशोधन केन्द्र नहुँदा समस्या भएको बताएको उनको सचिवालयले जानकारी सार्वजनिक गरेको छ । साथै मन्त्री अधिकारीले कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोग गर्न आग्रह गरे।

    मन्त्री अधिकारीले जापानी राजदूतलाई भने अनुसार जापानले प्रविधिको प्रयोगमार्फत कृषि क्षेत्रमा गरेको उपलब्धि महत्वपूर्ण छ। जपानले  कृषि क्षेत्रमा गर्दै आएको प्रयोग नेपालमा पनि आवश्यक छ। प्राविधिक ज्ञानका लागि सहकार्य गर्न पाए नेपाल पनि लाभान्वित हुन्छ ।

    नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भित्र्याउने नीति लिएको छ । जापानी लागानीकर्तालाई ल्याउनका लागि सहजीकरण गरिदिन मन्त्री अधिकारीले जापानी राजदूतलाई आग्रह गरे।

    जापानी राजदूत तोरुले नेपालमा कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै हाल जारी सहयोगलाई निरन्तरता दिने जवाफ दिए। साथै उनले थप सहयोग गर्न सकिने क्षेत्रहरूको  विषयमा अध्ययन गर्ने बताए।उनले नेपाली चिया र जडिबुटीका लागि जापान राम्रो बजार हुन सक्ने भन्दै निर्यात बढाउनका लागि सहकार्य गर्न सकिने बताएको मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij