
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १९ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
नयाँ बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले जारी गर्यो ८ बुँदे मार्गदर्शन
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि मार्गदर्शन जारी गरेको छ ।
सोमबार मन्त्रालयले सबै निकायलाई उक्त मार्गदर्शन जारी गरेको हो ।
शेयर बजार : नेप्से परिसूचकमा १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा, १४ अर्ब २८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा आएको छ । आज १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन ३ सय कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ३८ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।
काठमाडौँ । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीसाधन र डिजेलबाट सञ्चालित सवारीसाधनको खरिदका लागि मौद्रिक नीतिले गरेको व्यवस्था हटाउन माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी विद्युतीय सवारीसाधनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको सरकारले सोही सवारीसाधन खरिदका लागि मौद्रिक नीतिमा भएको व्यवस्थाले व्यवसायीहरु मारमा परेको दाबी गर्नुभयो ।
आज बलेफी हाइड्रोपावरको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि लिलामीमा ल्याएको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यस अघि मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको संस्थापतर्फको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारणतर्फको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीको सर्वसाधारणतर्फ लइकनमा रहेको शेयर आगामी चैत २९ गतेपछि कारोबारयोग्य हुनेछ ।
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको १५ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको नेकपा (एमाले) लाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताउनुभयो ।
केपी ओली कप फुटबल : पहिलो हाफमा मछिन्द्रको अग्रता
काठमाडौँ । तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता मछिन्द्र फुटबल क्लबले अग्रता लिएको छ । मछिन्द्रले पहिलो हाफमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १–० गोलको अग्रता लिएको हो ।
त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेलको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए ।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको छ ।
नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ ।
‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।”
राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो ।
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सरकारले उहाँलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
भन्सार छली ल्याएका लाखौँको माल वस्तु रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा
काठमाडौँ । प्रहरीले भन्सार छली गरी ल्याएको लाखौँको मालवस्तु नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहियाबाट खटिएको प्रहरी टोली सोमबार ९८ पिस साडीसहितका मालवस्तु बरामद गरिएको हो ।
जिल्ला धनुषा कमला नगरपालिका वडा न ८ बस्ने ३५का प्रमोद महराले भारतबाट नेपाल तर्फ अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ९८ पिस साडी अन्दाजी ४ लाख ९० हजार बराबरको बरामद गरी साडीसँगका मानिस समेतलाई भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले एक विज्ञप्ति जारी गरी यसको जानकारी दिएका हुन् ।
राष्ट्र बैंकको निक्षेप संकलन प्रावधानमा संशोधन, निष्क्रिय कर्जाका कारण सहभागिता जनाउन नपाउनेलाई अवसर
काठमाडौँ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले निक्षेप संकलनसम्बन्धी प्रावधानमा संशोधन गरी निष्क्रिय कर्जाका कारण बाधितहरूका लागि अवसर खुला गरेको छ ।यसअघि अत्यधिक निष्क्रिय कर्जाका कारण सहभागिता जनाउन नपाउने अवस्थामा लचकता ल्याउँदै निक्षेप संकलनको प्रावधानमा खुकुलो पारिएको हो ।सोमबार राष्ट्र बैंकले खुलाएको ४ अर्ब ७९ लाख रुपैयाँ बराबरको निक्षेप बोलकबोलमा सहभागी हुन पाउनेको न्यूनतम मापदण्ड परिमार्जन गरी यस्तो लचकता दर्शाएको छ ।
यसअघि राष्ट्र बैंकको निक्षेप बोलकबोलमा सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढीमा ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो । अहिले यसलाई परिमार्जन गरेर ८ प्रतिशतको सीमामा लगिएको छ । यो व्यवस्थाबाट हाल चार बैंक लाभान्वित हुने देखिएको छ ।
नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु
काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।
मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो ।
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ ।खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कालीगण्डकी लोकमार्ग : पन्ध्र वर्षमा ६५ प्रतिशत प्रगति, स्थानीय असन्तुष्ट
पर्वत ।उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०६६र६७ देखि निर्माण सुरू भएको लोकमार्ग हालसम्म ६५ प्रतिशत मात्र प्रगति भएको हो । सरकारबाट पर्याप्त बजेट विनियोजन नहुनु नाकाबन्दी, भूकम्प, कोभिड–१९ को प्रभावलगायत कारणले डेढ दशकसम्म पनि आयोजना पूरा हुन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका अनुसार सडकका लागि आउने वार्षिक बजेटको सीमा पर्याप्त नभएका कारण निर्धारित मितिमा सडक सम्पन्न हुन नसकेको हो । चालु आर्थिक वर्षमा मात्रै ठेकेदारलाई भुक्तानी दिनुपर्ने दायित्व रू ५५ करोड रकम रहेको छ । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाल इन्जिनियर पिपुल गौतमका अनुसार हालसम्म लोकमार्गको ६५ प्रतिशत काम पूरा भएको छभने योजनाको सम्पन्न हुने अवधि थप गरी आर्थिक वर्ष २०८३र८४ सम्म पुर्याइएको छ । सडकको केही भाग छोडेर अधिकांशमा ११ मिटर चौडाइको बनाइएको छ ।
विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
मोरङ ।विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको विसं २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गर्नुभएको थियो । भवन निर्माण आगामी २०८२ मङ्सिरभित्र सम्पत्र गर्ने लक्ष्य छ । नयाँ टर्मिनल भवन निर्माणमा दैनिक २२५ कामदारले बिहान ७ देखि राति १० बजेसम्म दुई ‘सिफ्ट’मा काम गरिरहेको जनाइएको छ ।
गोरखामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
गोरखा । गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो ।
"नेपाल यातायात व्यवसायी महासङ्घको विद्युतीय सवारीसाधन खरिदमा ऋण अनुपात वृद्धि गर्ने माग"
काठमाडौँ । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीसाधन र डिजेलबाट सञ्चालित सवारीसाधनको खरिदका लागि मौद्रिक नीतिले गरेको व्यवस्था हटाउन माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी विद्युतीय सवारीसाधनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको सरकारले सोही सवारीसाधन खरिदका लागि मौद्रिक नीतिमा भएको व्यवस्थाले व्यवसायीहरु मारमा परेको दाबी गर्नुभयो ।
हरित ऊर्जालाई उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारले वायु प्रदूषण न्यूनीकरण र स्वदेशमा उत्पादित ऊर्जालाई खपत गर्न विद्युतीय सवारीसाधन खरिदमा सहुलियत दिनुपर्ने साटो मौद्रिक नीतिले विद्युतीय सवारीसाधन प्रयोगलाई निरुत्साहित गरेको महासङ्घको जिकिर छ ।
काठमाडौँमा उच्चस्तरीय दुध प्रशोधन केन्द्र स्थापना गर्न जापानी राजदूतलाई आग्रह
काठमाडौँ । काठमाडौँमा उच्चस्तरीय आधुनिक प्रविधियुक्त दुध प्रशोधन केन्द्र स्थापना गर्न आग्रह गरिएको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेका हुन्।
मन्त्री अधिकारीले सोमबार नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग मन्त्रालयमा भएको भेटवार्तामा काठमाडौँ उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र आवश्यक देखिएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे ।
रौतहटका अनुमति बिना सञ्चालनमा रहेका १० अस्पताल बन्द, एक सञ्चालक पक्राउ
चन्द्रपुर (रौतहट)। रौतहटमा अनुमति नलिइ सञ्चालनमा रहेका १० निजी अस्पताल बन्द भएका छन्। मधेश सरकारको अनुगमनमा दर्ता नै नलिइ सञ्चालन गरिएको पाइएपछि ती अस्पताल बन्द गरिएका हुन्।
चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एक जना सञ्चालकलाई प्रहरीले पक्राउ पनि गरेको छ। गत शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक
भैरहवा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उहाँको भनाइ थियो । उहाँले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताउनुभयो ।
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
टोकियो । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।
ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन् ।
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफोनको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आउनुभएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गर्नुभएको हो ।
नागरिक लगानी कोषका सदस्य र कर्मचारीलाई सहिद गङ्गालाल हृदय केन्द्रमा १० प्रतिशत छुट
काठमाडौँ ।नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनुहुनेछ ।
१,०६३ मेगावाट माथिल्लो अरुण जलविद्युत् आयोजना: भोटखोला गाउँपालिकामा २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु, ७ अर्ब ९१ करोड ३९ लाख विनियोजन
किमाथाङ्का । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।
पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिनुभयो । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।
भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी रु एक लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ ।
पूर्वअर्थ सचिवहरूले राजस्व परिचालनका क्षेत्रमा थप विकल्प खोज्न र अर्थतन्त्र सुधार लागि बोल्ड कदम चाल्न सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्वअर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् ।अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरूले प्रतिफल नदिने आयोजनाहरूमा निर्मतापूर्वक कैँची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पुँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरूलाई उत्तरदायी बनाउन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका हुन् ।त्यसैगरी चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनाहरुमा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न पूवअर्थ सचिवहरूको सुझाव छ ।
पूर्व अर्थ सचिवहरुले बीमा, सहकारी, पुँजीबजार र संस्थानहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।
गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन
काठमाडौँ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।
त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij