Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

आइतबार २१ दिने भाखा दिएर २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आइतबार २१ दिने भाखा दिएर २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ दिने भाखा दिएर  २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आइतबार फागुन २५ गते एक सूचना सार्वजनिक गरी यस्तो जनाएको हो ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्नका लागि २५ अर्ब रुपैयाँ तान्ने योजनासमेत लिएको हो। इच्छुक बैंक र वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

    केन्द्रीय बैंकले यो निक्षेप संकलन उपकरण २१ दिनका लागि प्रयोग गर्ने भएको छ। साँवा र ब्याज भुक्तानी मिति २०८१ चैत्र १७ गते तय गरिएको छ, र ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडको माग गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij