Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

नेपालमै रहेर नेपालकै पहिला डीएम हेमाटोलोजिस्ट बने डा. कार्की , रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात

नेपालमै रहेर नेपालकै पहिला डीएम हेमाटोलोजिस्ट बने डा. कार्की , रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात

  • काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डॉक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा. विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन् । उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएमएस), वीर अस्पतालबाट हेमाटोलोजीमा डीएम सम्पन्न गरेका हुन् ।  जसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ।

    यो उपलब्धि नेपालका अग्रणी हेमाटोलोजिस्ट प्रा. डा. बिशेष शर्मा पौड्यालको असाधारण मार्गदर्शनको प्रमाण हो । उनको समर्पण र विशेषज्ञताले नेपालमा डीएम प्रशिक्षित हेमाटोलोजिस्टहरूको पहिलो पुस्ता तयार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

    bishesh.jpg

    प्रा. पौड्यालको नेतृत्वमा डा. कार्कीले तीन वर्षसम्म सिभिल सर्भिस अस्पतालमा चिकित्सा अभ्यास गरेका हुन् । हस्पिटलमा अत्याधुनिक बोन म्यारो ट्रान्सप्लान्ट सुविधासहितका व्यापक हेमाटोलोजी सेवा उपलब्ध छन्।

    डा. कार्कीको यस उपलब्धिसँगै नेपाल उन्नत हेमाटोलोजिकल केयरतर्फ आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर भएको छ । योसँगै नेपाली बिरामीहरूले विदेशमा महँगो उपचार गराउन जानुपर्ने आवश्यकता न्यून हुनेछ । जसले विश्वस्तरीय सेवा नेपालमै सहज र सुलभ बनाउनेछ ।

    यो केवल व्यक्तिगत सफलता मात्र होइन, नेपालका लागि गौरवको क्षण हो । यसले चिकित्सा क्षेत्रमा महत्वपूर्ण प्रगति दर्शाउनुका साथै भावी विशेषज्ञहरूलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij