Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्रतिनिधिसभामा ५ वटा प्रतिस्थापन विधेयक दर्ता

प्रतिनिधिसभामा ५ वटा प्रतिस्थापन विधेयक दर्ता

  • काठमाडौं । प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रतिस्थापन विधेयक दर्ता भएको छ । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गरेका मध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भइसकेको छ ।तिनै पाँच अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता  गरिएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालययले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दर्ता गरेको छ ।यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ मन्त्रालयले दर्ता गराएको छ ।

    निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक पनि अर्थ मन्त्रालयले नै दर्ता गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको छ ।

    यी विधेयकहरू अगाडि बढाउने विषयमा सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा यी प्रतिस्थापन विधेयक अगाडि बढ्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij