Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको अध्यक्ष प्रचण्डको भनाइ

सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको अध्यक्ष प्रचण्डको भनाइ

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान ल्याउन साथ दिएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दललाई गणतान्त्रिक व्यवस्था जोगाउन  सरकारको व्यवहार फेर्न आग्रह गरेका छन् ।

    आफू र आफ्नो पार्टीले गणतन्त्र फर्काउन खोज्नेहरूलाई सफल हुन नदिने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले मंगलबारको  प्रतिनिधि सभामा यस्तो बताएका हुन् ।राजावादीहरू नारायणहिटीको ढोकामा आइपुगेको प्रसङ्ग झिक्दै अध्यक्ष प्रचण्डले सरकारको गलत क्रियाकलापका कारण यस्तो भएको पनि बताए ।

    सरकारले जनतासँग संवाद गर्न सामथ्र्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो ? भनेर प्रश्न गरेका छन् । बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् । 

    ‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनस्र्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

    उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो ? भनेर प्रश्न गरे । साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । 

    उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने,‘हामीलाई आपत्ति छैन ।’ उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताए । राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताए । उनले सत्तासीनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij