Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएकोमा सत्तापक्षका सांसदको आंशका

गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएकोमा सत्तापक्षका सांसदको आंशका

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा बिचौलिया प्रेरित व्यक्ति गभर्नर हुन लागेको सत्तापक्षबाटै आशंका  व्यक्त गरिएको छ ।सत्तासीन गठबन्धनका ठुला दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालराष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलियालाई हावी हुन नदिन सरकारलाई सचेत गराएका हुन्।उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै  यस्तो बताए ।

    सरकार कुनै व्यक्ति वा समूहलाई बोकर हिंड्छ हिंड्दैन भन्ने विषयलाई आफूले नजिकबाट हेरिरहेको उनले बताउन अघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिक नियुक्ति सम्बन्धमा बिचौलिया हाबी भएको बताएका थिए ।

    पछिल्लो ८ महिनामा बिचौलियाको चाहनाविपरीत गरेको निर्णय देखाउन प्रचण्डले चुनौती दिएर सकेको सम्बोधन पछि बोलेका  कांग्रेस महामन्त्री थापाले प्रचण्डले उठाएको प्रश्नलाई सरकारले गम्भीररुपमा लिनुपर्ने बताए।

    नेपाल सानो छ। सबैले थाहा पाउँछन्। सरकारले निर्णयबाट विश्वास आर्जन गर्नुपर्छ भन्दै थापाले सरकारमाथि नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष बिचौलियाको चाहना अनुसार नियुक्त गरेको आरोप लाग्दै आएको बताए ।सरकारले धितोपत्र बोर्डमा मंसिर दोस्रो साता सन्तोषनारायण श्रेष्ठ र फागुन १२ गते शरद ओझालाई नियुक्त गरेको थियो।

    थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारी तयारीलाई नचाहिने ठाउँमा हात हाल्न खोजेको टिप्पणी गरे  त्यस्तो गल्ती नगर्न सचेत गराउँदै थापाल भने ‘मेरो आग्रह छ सरकारका मन्त्रीहरुलाई। नचाहिने ठाउँमा हात हाल्नु हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखाउने काम नगरौं। जुन कुरा चलाउनै हुँदैन। जुन आवश्यक नै छैन। अनावश्यक ठाउँमा गएर सरकारले नचाहिने काम नगरोस्,’ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij