Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

समाजवादी मोर्चाले चैत्र १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत्र १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

  • काठमाडौं । समाजवादी मोर्चाले  गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले आगामी चैत्र १५ गते काठमडौंमा   प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो ।

     समाजवादी मोर्चाको मंगलबार बसेको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

    यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको उनले जानकारी दिए ।

    ‘चैत्र २४ गते ऐतिहासिक कार्यक्रम गर्ने सोचेको थियो । आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ उनले भने ।

    त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए । सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने कार्यक्रम राखिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij