Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

बुधबार मूल्यमा वृद्धि भइ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ

बुधबार मूल्यमा वृद्धि भइ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ

  • काठमाडौँ ।  बुधबार सुनको मूल्यमा प्रति तोला   ६ सय र चाँदी ३० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।
    गत सोमबारको  तुलनामा ५ सय घट्दा मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

    चाँदी उच्च मूल्यमा पुगेको छ। बुधबार कारोबार मूल्य प्रति तोला २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ३० रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो। यसअघि सोमबारका तुलनामा तोलामा १५ रुपैयाँ घट्दा मंगलबार प्रति तोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २९१३.७८ डलर छ। चाँदी प्रतिऔंस ३२.७४ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस २८९७.७८ डलर र चाँदी ३२.१८ डलरमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij