Logo

Mar 14 2025 | २०८१, चैत १गते

Mar 14 2025 | २०८१, चैत १गते

images

१०/१० कित्ता शेयर बाँड्दा स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँटमा तीन जनाले  ११/११ कित्ता पाए, अन्य लाखौँ आवेदक रित्तै

१०/१० कित्ता शेयर बाँड्दा स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँटमा तीन जनाले  ११/११ कित्ता पाए, अन्य लाखौँ आवेदक रित्तै

  • काठमाडौँ । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँटमा तीन जना भाग्यमानीले ११/११ कित्ता अन्य पाउनेहरूले १०/१० कित्ता शेयर पाएका छन् ।  शुक्रबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले गोलाप्रथाबाट शेयर बाँडफाँट गरेको हो।

    बाँडफाँटको परिणाम अनुसार १९ हजार ५७७ जनाले १०/१० कित्ता दरले शेयर पाएका छन् । ती मध्ये ३ जनाले ११/११ कित्ताका दरले शेयर  पाएको  बिक्री प्रबन्धक कम्पनी  जनाएको छ ।लघुवित्तको एफपीओमा मागभन्दा धेरै आवेदन परेकाले अधिकांशको हात खाली भएको छ। लघुवित्तले फागुन १८ देखि २१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गरेको थियो।

    १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएकामा २ हजार ६६४ आवेदन रद्द भएको छ।लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ। एफपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij