Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

एक चौमासिक मात्र बाँकी रहँदा पुँजीगत खर्च एक चौथाइ पनि खर्चिएन

एक चौमासिक मात्र बाँकी रहँदा पुँजीगत खर्च एक चौथाइ पनि खर्चिएन

  • काठमाडौँ। चालु आर्थिकको एक चौमासिक मात्र बाँकी रहँदासम्म पुँजीगत खर्च एक चौथाइ पनि खर्चिएको छैन् । आव  २०८१÷८२ को ८ महिनामा पुँजीगत बजेट जम्मा २३ प्रतिशत मात्र खर्च भएको हो ।

    सरकारले चालु आवका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत बजेट छुट्याएकामा फागुन मसान्तसम्म जम्मा ८१ अर्ब ७७ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो अवधिमा चालुतर्फ भने लक्ष्यको ५१ प्रतिशत खर्च भएको छ।

    चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएकामा फागुन मसान्तसम्म ५ खर्ब ८३ अर्ब ७१ करोड खर्च भएको छ।यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये ४७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ।

    महालेखा नियन्त्रकको तथ्यांकअनुसार राजस्व ८ महिनामा लक्ष्यको बल्ल आधा अर्थात ५०.७५ प्रतिशत उठेको छ। यो वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा  फागुनसम्म ७ खर्ब १५ अर्ब ४४ करोड संकलन भएको हो।

    विदेशी अनुदान लक्ष्यको १७ प्रतिशतमात्रै आएको छ। सरकारले यो आवमा ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्तिको लक्ष्य राखेकामा ८ महिनामा जम्मा ९ अर्ब ११ करोड ९२ लाख आएको छ।८ महिनामा सरकारले कुल आम्दानी ७ खर्ब ३३ अर्ब ८७ करोड गरेकामा ८ खर्ब ३८ अर्ब ३८ करोड खर्च भएको छ। सरकारी खाता १ खर्ब ५ अर्बले घाटामा गएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij