Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

प्रधानमन्त्रीद्वारा  सेकेण्ड उमन लिडरशिप समिट ट्वेन्टी ट्वेन्टी फाइभको उद्घाटन

प्रधानमन्त्रीद्वारा  सेकेण्ड उमन लिडरशिप समिट ट्वेन्टी ट्वेन्टी फाइभको उद्घाटन

  • काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सीएनआई सेकेण्ड उमन लिडरशिप समिट ट्वेन्टी ट्वेन्टी फाइभको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले  महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका हुन् ।

    cni1.jpg
     
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज आइतबार आयोजित महिला नेतृत्व सम्मेलनमा  प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै  परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिए ।

    cni4.jpg


    रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्ने बताउँदै प्रधामन्त्री ओलीले सामाजिक न्याय तथा  समानता स्थापित गराउन र  गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताए ।


    राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा  महिलालाई स्थापित गरिसकिएको बताउँदै प्रधानमन्त्री ओलीले  राजनीतिमा महिलाको सहभागिता बढ्दै जानु  खुसीको विषय भएको बताए ।  तर यसमा मात्रै सन्तुष्ट भएर बस्न नहुने बताउँदै उनले  शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्ने बताए ।
     
    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवद्र्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताए । उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारीलगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई सम्मान गरे ।

    cni3.jpg

    सम्मेलनमा प्रविधि एवं नवप्रवर्तन(टेक्नोलजि एन्ड इनोभेसन) दिगो कृषिमा महिला (उमन इन सस्टेनेवल एग्रीकल्चर) महिलाहरूमा लगानी( इन्भेस्टिङ इन उमन) र सीमा पार (बियोण्ड  बाउन्ड्रिज) विषयक  सत्रहरूको आयोजना गरिएको र त्यस सत्रमा विषयत  छलफल हुने जनाइएको छ । 

    महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउनेछ र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने विश्वास लिइएको छ ।

    यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ । जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने जनाइएको छ । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ ।

    सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा नबिल बैंकका उप महाप्रबन्धक आदर्श बजगाइँले पहिलो सम्मेलनको उपलब्धि राम्रो देखेर नै नबिल बैंकले दोस्रो सम्मेलनका लागि टाइटल स्पोन्सर गरेको बताए ।

    सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू वृद्धि मोटर्स, डाबर नेपाल, यूनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वल्र्डलिंक कम्यूनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्यूचर फाउण्डेसन रहेको जनाइएको छ ।

    साथै छायाँ शर्माको संयोजकत्वमा   दोस्रो उमन लिडरशिप समिटि भइरहेको जनाइएको छ ।  कार्यक्रममा बेलायत, जापान, यूएई र भारतलगायतका देशहरूबाट प्रतिनिधि तथा सफल व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij