काठमाडौँ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणको फाइल प्रहरीमा फिर्ता पठाइदिएको छ। कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई चार बुँदे निर्देशनसहित पुनः अनुसन्धान गर्न फाइल फिर्ता पठाएको हो।
सीआईबी स्रोत अनुसार फेरि अनुसन्धान गर्न फाइल फिर्ता आएको छ । जग्गाको लिज अवधि, लिजको सम्पतिमा ऋण लिन पाउने नपाउने, सम्पति कर लगायत विषयमा फेरि अनुसन्धान गर्न भनिएको छ।बाल मन्दिरको जग्गा लिजमा दिइएको विषयलाई लिएर सीइआबीले गत वैशाखमा २० जनाविरुद् पक्राउ पुर्जी जारी गरेर अनुसन्धान थालेको थियो।
बाल बन्दिर संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ लगायत केही पक्राउ परेकामा बयान सकिएको दुई दिनपछि जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो।बाल मन्दिरको नाममा रहेको जग्गा सस्तो भाडामा व्यावसायिक प्रयोजनमा लिजमा दिइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij