Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पूर्व विशिष्टलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी : गृहमन्त्री रमेश लेखक

पूर्व विशिष्टलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी : गृहमन्त्री रमेश लेखक

  •  

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी दिँदै भने, सरकारले पूर्व विशिष्ट व्यक्तिहरुलाई जीवनभर सेवा सुविधा दिनका लागि नयाँ कानुन बनाउने प्रक्रिया सुरु गरेको छ। उनले राज्यकोषमा अनावश्यक भार नपर्ने गरी कानुनी तयारी अगाडि बढाइएको स्पष्ट पारे।

    लेखकले सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसदको समितिले दिएका निर्देशनहरूको पालना गर्दै कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख गरे। उनले थपे कि, वर्तमानमा पूर्व विशिष्ट व्यक्तिहरुले सरकारले तोकेको मापदण्ड अनुसार सेवा सुविधा लिइरहेका छन् र अब संसदबाट कानुनी प्रक्रिया मार्फत त्यसलाई थप औपचारिकता दिइने छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij