
काठमाडौँ । सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर छुटेका कुसाङ लामा पुनः पक्राउ परेका छन्। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय लामा, जो ुफुच्चेु नामले परिचित छन्, मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका हुन्। प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा, रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहित विदेशी मुद्रा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। कुसाङ लामाबाट बरामद भएको विदेशी मुद्रा नेपाली रकममा कन्भर्ट गर्दा करिब २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँका बराबरको रकम आउँछ। प्रारम्भिक अनुसन्धानबाट लामा भरियाको रूपमा चालकको काम गर्दै थिए भन्ने खुलासा भएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij