Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

  • काठमाडौँ ।  नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई प्रतिफल प्रदान गरेको छ ।कार्यक्रमका सहभागीहरूको  खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको कोषले जनाएको हो ।

    कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो । बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij