Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

गभर्नर छनोट समितिका सदस्य पूर्व गभर्नर भट्टराईद्वारा राजीनामा

गभर्नर छनोट समितिका सदस्य पूर्व गभर्नर भट्टराईद्वारा राजीनामा

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिमा  सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । गभर्नर छनोट सिफारिस समितिको एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि सदस्य रहेका पूर्व गभर्नर भट्टराईले राजीनामा दिएका हुन् ।

    मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए।
    यति लामो समयसम्म एउटा पनि बैठक नबसेको, समितिको भूमिकालाई नजरअन्दाज गरिएकोलगायत कारण आफू समितिमा नबस्ने निर्णय गरेको भट्टराईले सार्वजनिक गरेका हुन् । भट्टराईले समितिका संयोजक अर्थमन्त्री पौडेललाई ह्वाट्एपमा राजीनामा मंगवार लागु हुनेगरी पठाएको जनाएका छन् ।  गभर्नर नियुक्तिसम्बन्धी विवाद यसैबीच सर्वोच्च अदालतमा पुगेको छ ।

    राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ। तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो। फागुन २४ अघि गनर्भरको नियुक्ति हुन सकेको थिएन् ।

    राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार सरकारले गत चैत ११ गते गभर्नरको कार्यकाल नसकिँदै गभर्नर सिफारिस समिति गठन गरेको थियो। सिफारिस समितिका सदस्यलाई पत्र दिन नै ६ दिन लागेको थियो। चैत १७ गते पत्र बुझे पनि सोमबारसम्म समितिको बैठक बस्न नसकेको हो ।नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुने भएपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij