
काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ७ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।
गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij