Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

गभर्नरका सशक्त दाबेदार मानिएका ढुंगाना नबिल सीईओको जिम्मेवारीबाट मुक्त हुँदै

गभर्नरका सशक्त दाबेदार मानिएका ढुंगाना नबिल सीईओको जिम्मेवारीबाट मुक्त हुँदै

  • काठमाडौँ । शक्तिशाली नेता, कर्मचारी , बैंकर र शक्ति केन्द्रका गलीहरूमा नयाँ गभर्नरका लागि सशक्त दाबेदारको रूपमा चर्चा कमाएका  नबिलका बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना सीईओको जिम्मेवारीबाट मुक्त हुन लागेको छ ।

     नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि लबिङ  गलीमा कम्तीमा डेढ दर्जन दौडधुप गरिरहेकाहरूमा सीईओ ढुंगानाको नाम शीर्ष तीनमा रहेको सम्बद्ध स्रोतको भनाइ हो ।गभर्नरका लागि सिफारिस समितिले उनको  नाम पठाएपछि मात्र राजीनामा दिने स्थितिमा पुगेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले  त्यसका लागि सबै तयारी पूरा गरिसकेका छन् 

    गभर्नर बन्ने तयारीमा रहेका ढुंगानाले नबिलबाट निस्कने तयारी गरेर लबिङ गलीको दाउपेँचलाई निकटबाट नियालिरहेका छन् । साथै त्यहाँ आवश्यक पहल गरिरहेका छन् ।ढुंगाना गत सातादेखि देखि नै बिदामा छन् । नबिलका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी सार्वजनिक गरे अनुसार ढुंगाना राजीनामा नै दिइसकेर बिदामा बसेका छ्रैनन् । सीईओ ढुङ्गानाले मौजुदा गर्भनरको उत्तराधिकारीको रूपमा आफूलाई लामो समयदेखि हेर्दै आएका छन् । त्यसका लागि डेढ वर्षअघि देखि नै गभर्नर हाइ वेको धावन मार्गमा पूर्वाभ्यास थालेका छन् ।

    कम्तीमा डेढ दर्जन प्रभावशाली उम्मेदवारमा ढुंगाना शीर्ष स्थानमा रहेका छन् । यसो हुनुमा उनको सम्बद्ध क्षेत्रको लामो अनुभव र निजी क्षेत्रको एक नम्बरको बैंकको रूपमा चिनिएका नबिलका सीईओ रहनु पनि रहेको छ । अर्कोतर्फबाट शक्तिशाली राजनीतिक क्षेत्र, व्यवसायिक क्षेत्र र बैंकर क्षेत्रमा आफ्नो दाबीदारीलाई सशक्त बनाउँदै आएका छन् ।

    बैंकका सीईओ, अन्य नियमनकारी निकायममा नेतृत्व गरिसकेका व्यक्तिहरुले राष्ट्र बैंकको गभर्नर बन्न आकांक्षा देखाएका छन् । उनीहरुले सोही किसिमले राजनीतिक लबिङ गरिरहेका छन् ।तर ढुंगानाको कुरो भिन्न छ । उनलाई बाटोबाट हटाउनेहरूको लबिङको दबाब पनि परिरहेको छ । यसले उनी बलियो दाबेदार रहेको बुझेका छन् । नेपाल राष्ट्र बैंकका भित्रबाट पनि दुई जनाले दाबी गरिरहेका छन् ।नबिलका कर्मचारी स्रोतका अनुसार ढुंगानाले गभर्नर पदमा जान कुनै पनि बेला  तयार अवस्थामा रहेका छन् । बरबुझारथको कुनै समस्या छैन् । सर्ब अवडेट छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij