
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १० आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं ।सिन्धु विकास बैंकले ११६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १४औं र १५औं वार्षिक साधारण सभामा ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। यसअघि बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो।
साधारण सभाले १ः१.१६ अनुपातमा, अर्थात् ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यो कदम नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पूरा गर्नका लागि उठाइएको हो।
सूर्योदय वोमी र सपोर्ट लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूर्योदय वोमी र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । सूर्योदय वोमी ६ लाख २६ हजार १९९.७९ कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार सपोर्ट लघुवित्तको पनि १ लाख ४८ हजार २४५।०९ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर वितराण गरेको थियो ।
शेयर बजार : नेप्से परिसूचकमा ५३.०४ अंकले घटेर २६१६.२६ बिन्दुमा, ६ अर्ब ३२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ५३.०४ अंकले घटेर २६१६.२६ बिन्दुमा आएको छ । आज ६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनीमा नेगेटिभ सर्किट ब्रेकर लागेको छ ।
यस दिन ३ सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ मंगलबार बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरिएको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १६.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
‘बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ’: अध्यक्ष शरद ओझा
काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा हस्तक्षेपकारी नियमनभन्दा पनि संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०ले आयोजना गरेको प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाको सम्मान तथा ‘अबको बिमा क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बिमा क्षेत्रको योगदान विश्लेषण गर्नुका साथै सरोकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्या समाधान गर्न नियामकीय कदम चालिने बताउनुभयो ।
“बिमा क्षेत्रमा ‘अन्डरराइटिङ’ का विषयमा देखिएका समस्या समाधानमा नियामकको हस्तक्षेपकारी भूमिकाबाट मात्रै हुने नभई बिमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन पनि कायम राख्नुपर्छ ।
उपकार लघुवित्तको ‘लक इन’ अवधि वैशाखमा सकिँदै
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख २३ हजार २८१ कित्ता शेयरको ‘लक इन’ अवधि आगामी २०८२ साल वैशाख ८ गतेबाट समाप्त हुँदैछ। तीन वर्षअघि आईपीओ निष्काशनपछि लगानीकर्ताहरूले खरीद गरेको संस्थापक र कर्मचारीको उक्त शेयर अब दोस्रो बजारमा कारोबार गर्न सक्ने हुनेछन्।
कम्पनीले २०७८ साल चैत ९ गते सर्वसाधारण र कर्मचारीहरूलाई समेत समेटेर प्राथमिक शेयर (आईपीओ) निष्काशन गरी बाँडफाँट गरेको थियो। धितोपत्र बोर्डको नियमअनुसार, बाँडफाँटको मितिबाट तीन वर्षसम्म संस्थापक र कर्मचारीको शेयर ‘लक इन’मा राख्नुपर्ने व्यवस्था छ।
बन्दीपुर केवलकारको साधारण सभा वैशाख ६ गते , आईपीओ निष्कासन गर्ने
काठमाडौं ।बन्दीपुर केवलकार र पर्यटन लिमिटेडले आफ्नो ४०औं साधारण सभा आगामी ६ बैशाख २०८२ ९१८ अप्रिल २०२५० मा आयोजना गर्ने निर्णय गरेको छ। यस सभामा कम्पनीको वित्तीय स्थितिका बारेमा जानकारी र भविष्यका योजनाहरू समावेश हुनेछन्।कम्पनीले ३,०६०,००० शेयरहरू साधारण जनताका लागि जारी गर्ने प्रस्ताव गरेको छ, जसले २२।५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसका लागि नेपाली एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड लाई आईपीओ जारी गर्ने व्यवस्थापक नियुक्त गरिएको छ।
सेक्युरिटी बोर्ड अफ नेपालले यस आईपीओको प्रस्तावलाई पाइपलाइनमा राखेर अनुमोदनको प्रक्रियामा राखेको छ। बन्दीपुर केवलकार र पर्यटन लिमिटेडले आफ्नो केवलकार प्रणालीको विकास गर्दैछ, जसमा एक रेस्टोरन्ट सुविधा पनि समावेश हुनेछ।
ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट
काठमाडौं । ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। यो लिलामी सेयर चैत ४ गते बाँडफाँट गरिएको हो।
लिलामीमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्। कम्पनीले यसअघि १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्रीको लागि खुला गरेको थियो। त्यसपछि बिक्री नभएका बाँकी सेयर लिलामीमार्फत बिक्रीमा राखिएका थिए।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल
काठमाडौँ । नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त हुनुभएको छ ।
परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आज अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ । पत्रअनुसार मल्लले काठमाडौँ उपत्यका हेर्ने जिम्मेवारी पाउनुभएको छ । मल्लको पदावधि २०८४ चैत ९ गतेसम्म हुनेछ ।
मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका सिलसिलामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । “अर्मेनिया गणतन्त्रका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा जारी मिति १२ मार्च २०२५ को समादेश–पत्रमार्फत काठमाडौँ उपत्यकामा रहनेगरी किरण मल्ललाई नेपालको अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावलीबमोजिम अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै यो पत्र जारी गरिएको छ”, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’
काठमाडौँ । सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले चालु आर्थिक वर्ष (आव) को भन्दा आगामी आवका लागि कम बजेट पाउने सम्भावना देखिएको छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आव २०८२/८३ का लागि रु १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गरेको छ । सरकारले यही सीमाभित्र रहेर बजेट ल्याउनुपर्ने हुन्छ । चालु आवको रु १८ खर्ब ६० अर्ब ३० करोडको वास्तविक विनियोजनभन्दा आगामी आवको बजेट सिलिङ केही बढी देखिए पनि अनिवार्य दायित्वमा खर्च बढ्ने भएपछि विकास खर्च बढी हुने मन्त्रालयले नै न्यून बजेट पाउने अवस्था आएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, कृषि तथा पशुपन्छी विकासलगायत पुँजीगत खर्च बढी हुने मन्त्रालयको बजेट नै कटौतीमा पर्ने देखिएको छ ।
अमेरिकी सिनेटरको बेइजिङ भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीद्वारा ‘संवाद’ को आह्वान
बेइजिङ । बेइजिङमा प्रमुख अमेरिकी व्यापारिक अधिकारीहरू र राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख काङ्ग्रेस सहयोगीले भाग लिएको बैठकमा चीनका दोस्रो नम्बरका नेता प्रधानमन्त्री ली किआङले आइतबार वासिङ्टनसँग ‘संवाद’ को आह्वान गर्नुभएको छ ।
ट्रम्पले लगाउनुभएको व्यापक भन्सार शुल्कले चीनको व्यापार सम्भावनालाई खतरामा पुर्याएसँगै विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको सम्बन्ध हालैका हप्ताहरूमा खस्किएको छ ।
मोन्टानाका रिपब्लिकन सिनेटर एवं ट्रम्प समर्थक स्टिभ डेन्ससँगको भेटका क्रममा प्रधानमन्त्री लीको उक्त टिप्पणी आएको हो ।
योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल
घोराही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो ।
अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रहेको बताउनुभयो । सरकारसँगै बिमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बिमा बोर्डमा जग्मा गर्नसक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।
विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा
बेइजिङ । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई अगाडि बढाउने बताउनुभएको छ ।
ट्रम्पले देशबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको हप्तौँपछि हुन लागेको चीन विकास मञ्चको बैठकमा उहाँले ‘आर्थिक विश्वव्यापीकरण’कोी मार्ग अवलम्बन गर्ने बताउनुभएको हो ।
अमेरिकी करवृद्धि र बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेको विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको छ ।
चिनियाँ नेताहरूले महामारीको अन्त्यदेखि नै विशेष गरी उपभोग बढाएर अस्थिर अर्थतन्त्रलाई अझ स्थिर मार्गमा डोरÞ्याउन खोजिरहेका छन् ।
सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक , २०८१ स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । “प्रस्तुत विधेयकले तत्कालका समस्या यथाशीघ्र समाधान गर्नेछ”, उहाँले भन्नुभयो ।
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते
लस क्रुसेस । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ ।
प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।
सुन र चाँदीको मूल्यमा घटौट : आइतबार सुन ९०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ पुगेको छ। यो मूल्य शुक्रबारको तुलनामा घटेको हो, जहाँ छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ पुगेको छ।
डीजल र पेट्रोल जस्तै हाइड्रोजनबाट गाडी चलाउन दिने कानुन बन्दै
काठमाडौं । तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई वर्षअघि 'हाइड्रोजन गाडी' चढ्ने इच्छा व्यक्त गरे पनि उनको त्यो रहर पूरा भएन। नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी पहिलो पटक चढ्ने अवसर चाहिँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पाए। काठमाण्डू विश्वविद्यालयले नेपाल आयल निगमसँगको सहकार्यमा स्थापना गरेको पहिलो हाइड्रोजन रिफ्यूलिङ स्टेशनबाट हाइड्रोजन भरेर चलाइएको कारको उद्घाटन भदौ १४ गते भयो।
तर प्रधानमन्त्री चढेको हाइड्रोजन कारलाई सडकमा गुडाउने इजाजत अझैसम्म प्राप्त भएको छैन। काठमाण्डू विश्वविद्यालय र आयल निगमले अध्ययन तथा परीक्षण प्रयोजनका लागि कोरियाबाट ल्याएको उक्त कार धुलिखेलमा राखिएको छ।लामो प्रतीक्षापछि नेपालका प्रधानमन्त्रीहरूबाटै बारम्बार चर्चा भएको हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनलाई आयात र दर्ता गर्न अनुमति दिने कानुनको मस्यौदा अहिले तयार भएको छ।
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि: चालु आर्थिक वर्षमा ३२ अर्ब ३२ करोडको लक्ष्य पार
वीरगञ्ज ।वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।
नेपालको जलस्रोतको अपार सम्भावना र चुनौती: पानीको उचित उपयोगमा सुधारको आवश्यकता
काठमाडौँ ।नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने गरेको भए पनि त्यसको बहुउपयोग हुन नसक्दा त्यत्तिकै खेर जाने गरेको छ । सरकारले गरेको एक अध्ययनअनुसार सरदर १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतको रूपमा पुनःभरण हुने गरेको छ ।
मुलुकभित्र उपलब्ध जलस्रोतको व्यवस्थापन र नियमनका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ र राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनमा छ । देशको कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिनमध्ये २२ लाख ६५ हजार हेक्टर सिँचाइयोग्य रहेकामा हालसम्म झण्डै १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सिँचाइ सुविधा पुगेकामध्ये एकतिहाइमा मात्र वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij