Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

माई खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्रीको स्वीकृति प्राप्त गर्‍यो

माई खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्रीको स्वीकृति प्राप्त गर्‍यो

  •  

    काठमाडौं । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्रीको स्वीकृति दिएको छ। सोमबार (चैत ११ गते) भएको बैठकमा आयोगले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

    आयोगको पूर्वस्वीकृति पछि, अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ। सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरेपछि मात्र हकप्रद सेयर जारी हुनेछ।

    कम्पनीको वर्तमान चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी गर्दा यो पुँजी ७८ करोड ४३ लाख ३ हजार ६०० रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij