Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

बिक्रीमा राखिने मालवस्तुको लेबल नराखिएको पाइए चैत २०पछि कारबाही गरिने

बिक्रीमा राखिने मालवस्तुको लेबल नराखिएको पाइए चैत २०पछि कारबाही गरिने

  • काठमाडौँ । बिक्रीमा राखिने मालवस्तुको लेबल नराखिएको पाइए चैत २०पछि कारबाही गरिने भएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर बजारमा बिक्री गरिने  मालवस्तुमा लेबल राख्न चैत २० गतेसम्मको अन्तिम समय सीमा तोकी दिएको हो ।

    स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तु भए पैठारीकर्ताले लेबल अनिवार्यरुपमा राख्नुपर्ने  जनाइएको छ । लेबलमा उत्पादकको नाम, ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य देखिने गरी उल्लेख गरिनुपर्नेछ ।

     उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ मा बजारमा बिक्री गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था छ।यो  सूचनालाई बेवास्ता वा अटेर गरी लेबल बिनाका वस्तु बजारमा बिक्री प्रयोजनका लागि राखिएको भेटिए कारबाही गर्ने विभागको चेतावनी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij